धादिङ (प्रस), आगामी फागुन १९ देखि २५ गतेसम्म हुने ‘धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला’ २०६८ भव्य रुपले सञ्चालन गर्नको लागि मेला सञ्चालन समितिहरुले आ–आफ्नो कार्यलाई तिव्र पारेका छन् । यसैबीच मेलाको समग्र विषयको जानकारीको लागि जिल्लाका सञ्चारमाध्यमहरुले प्रचार–प्रसारको कार्य शुरु गर्ने भएका छन् । मेला व्यवस्थापन समिति अन्तर्गतको ‘सूचना तथा प्रचार प्रसार समिति’ को सोमबार धादिङवेसीमा सम्पन्न बैठकले मेलाको प्रचार–प्रचार गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक धु्रबबहादुर थापाको अध्यक्षतामा धादिङ उद्योग बाणिज्य संघको सचिवालयमा बसेको बैठकले ‘सूचना तथा प्रचार प्रसार समिति’को रिक्त रहेको सह–संयोजक पदमा सञ्चारकर्मीहरु पोषनाथ अधिकारी र रामेश्वर कार्कीलाई चयन गरेको छ । त्यसैगरी बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्लाका सबै सञ्चारमाध्यमले प्रचार प्रसारको कार्य गर्ने र मेला व्यवस्थापन समितिसँगको आपसी समन्वयमा कार्य अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । छलफल कार्यक्रममा मेला सञ्चालन सचिवालय समितिका संयोजक एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदी एवं सदस्य लोकनाथ डल्लाकोटीको पनि उपस्थिति रहेको थियो । ‘सूचना तथा प्रचार प्रसार समिति’मा जिल्लाका सबै रेडियो तथा पत्रपत्रिकाबाट प्रतिनिधित्व रहेको छ ।
समितिका संयोजक धु्रबबहादुर थापाको अध्यक्षतामा धादिङ उद्योग बाणिज्य संघको सचिवालयमा बसेको बैठकले ‘सूचना तथा प्रचार प्रसार समिति’को रिक्त रहेको सह–संयोजक पदमा सञ्चारकर्मीहरु पोषनाथ अधिकारी र रामेश्वर कार्कीलाई चयन गरेको छ । त्यसैगरी बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्लाका सबै सञ्चारमाध्यमले प्रचार प्रसारको कार्य गर्ने र मेला व्यवस्थापन समितिसँगको आपसी समन्वयमा कार्य अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । छलफल कार्यक्रममा मेला सञ्चालन सचिवालय समितिका संयोजक एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदी एवं सदस्य लोकनाथ डल्लाकोटीको पनि उपस्थिति रहेको थियो । ‘सूचना तथा प्रचार प्रसार समिति’मा जिल्लाका सबै रेडियो तथा पत्रपत्रिकाबाट प्रतिनिधित्व रहेको छ ।
जस अन्तर्गत रेडियो बिहानीबाट रामचन्द्र भण्डारी, रेडियो धादिङबाट शंकर श्रेष्ठ, रेडियो लोकतन्त्रबाट मनिस दुवाडि, नेत्रावती साप्ताहिकबाट केशव अधिकारी र सानुबाबु तिमिल्सिना, कृषि रेडियोबाट सरोज पौडेल, रेडियो राजमार्गबाट नारायणचन्द्र सुवेदी, धादिङ आवाज साप्ताहिकबाट केशव नेपाली, हाइवेखवर साप्ताहिकबाट रामेश्वर कार्की,मंगलप्रभात किरण साप्ताहिकबाट पोषनाथ अधिकारी, नागरिक खवर साप्ताहिकबाट राजन अधिकारी र पत्रकार महासंघ धादिङबाट अर्जुन खतिवडा रहनुभएको छ । यी सबै नाम नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङबाट शिफारिस भएको संयोजक ध्रुबबहादुर थापाले बताउनुभयो ।
‘संवृद्ध धादिङको परिकल्पना, कृषि पर्यटनको विकास र उद्योगको स्थापना’ भन्ने मुल नाराका साथ आगामी फागुन १९ गतेदेखि २५ गतेसम्म धादिङ कृषि तथा औद्योगिक मेला २०६८ हुने भएको छ । पिंडा गाउँ विकास समिति वडा नम्वर २ गलौदी स्थित त्रिशुली नदी किनारामा हुने मेलाको लागि ५१ सदस्यीय सल्लाहकार समिति र ५ सय ५५ सदस्यीय मुल आयोजक समिति बनाउने निर्णय भैसकेको मेला सञ्चालन सचिवालय समितिले जनाएको छ ।
यसैबीच व्यवस्थित ढंगबाट मेला सञ्चालन गर्नको लागि विभिन्न २७ वटा कार्यगत समितिहरु पनि बनिसकेका छन् । कार्यगत समितिहरुमा चन्द्रकान्त अधिकारीको संयोजकत्वमा आर्थिक समिति, शेषकान्त कडेंलको संयोजकत्वमा स्टल निर्माण तथा व्यवस्थापन समिति, धु्रबबहादुर थापाको संयोजकत्वमा सूचना तथा प्रचार प्रसार समिति, हेमनाथ थपलियाको संयोजकत्वमा कृषि प्रदर्शनी तथा व्यवस्थापन समिति, हरिबहादुर श्रेष्ठको संयोजकत्वमा पर्यटन तथा जलयात्रा व्यवस्थापन समिति मनोजकुमार श्रेष्ठको संयोजकत्वमा प्रकाशन समिति (ब्रोसियर, पर्चा, पम्प्लेट, ब्यानर आदी) श्याम सितलकोे संयोजकत्वमा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति, प्रकाश अधिकारीको संयोजकत्वमा झाँकी तथा शोभा यात्रा व्यवस्थापन समिति, सञ्जिव त्रिपाठीको संयोजकत्वमा स्वागतद्धार निर्माण तथा बजा सजावट समिति, खडानन्द त्रिपाठीको संयोजकत्वमा प्रसंशा पत्र, उपहार तथा पुरस्कार व्यवस्थापन समिति, सुदर्शन कडेंलको संयोजकत्वमा मेला सुरक्षा तथा व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी बाह्य सुरक्षा समिति, सुरेश आचार्यको संयोजकत्वमा यातायात ट्राफिक तथा पार्किङ व्यवस्थापन समिति, अशोक अधिकारीको संयोजकत्वमा साउण्ड सिस्टम तथा मञ्च व्यवस्थापन समिति, विष्णु थपलियाको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन समिति, ऋषि त्रिपाठीको संयोजकत्वमा खानेपानी, सरसफाई तथा विद्युत व्यवस्थापन समिति, कल्पना अधिकारीको संयोजकत्वमा महिला तथा आमा समुह समन्वय समिति, लोकनाथ डल्लाकोटीको संयोजकत्वमा रमाईलो मेला व्यवस्थापन समिति, शान्तविक्रम बानियाँको संयोजकत्वमा शैक्षिक तथा वाल प्रतिभा प्रदर्शनी व्यवस्थापन समिति, विनोद भण्डारीको संयोजकत्वमा टिकट व्याच तथा गेटपास व्यवस्थापन समिति, रमेश त्रिपाठीको संयोजकत्वमा होटल व्यवस्थापन समिति, गोपीलाल श्रेष्ठको संयोजकत्वमा प्राथमिक उपचार तथा आकस्मिक सेवा व्यवस्थापन समिति, गोविन्दकुमार श्रेष्ठको संयोजकत्वमा मेला अनुगमन तथा मूल्याङ्कन समिति, गौतम सुवेदीको संयोजकत्वमा विच खेलकुद व्यवस्थापन समिति, दुर्लभ तामाङको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, बोदनाथ दुवाडीको संयोजकत्वमा मेला सचिवालय व्यवस्थापन समिति र राजकुमार श्रेष्ठको संयोजकत्वमा स्मारिका प्रकाशन समितिको गठन गरिसकिएको छ ।




0 comments to "कृषि तथा पर्यटन मेला भव्य रुपले सम्पन्न गरिने"