सूचना तथा सञ्चारको तिव्र विकाससंगै धादिङमा पनि अखबारको जागरण आएको छ । पत्रकारीताको यो करिव एक दशकको अवधि सन्तोषजनक रह्यो । यो गौरवमय इतिहाससंग जोडिएर ‘प्रत्यूष’ दैनिक प्रकाशन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । सबैको माया ममता सद्भाव र सहयोगले यसको व्यवसायिक विकासमा मद्धत पुग्ने आशा गरेका छौं । निष्पक्षता र गुणात्मकता पत्रकारीताको प्राण हो । यसप्रति हामी सचेत छौं । पत्रकारीतालाई सकारात्मक शैलीबाट अघि बढाउने हाम्रो प्रयास निरन्तर रहनेछ । यो सन्दर्भमा ‘प्रत्यूष’ दैनिक’ सबैको विचारहरुका लागि भरपर्दो र गतिलो माध्यम हुनेछ । ‘प्रत्यूष’ पब्लिकेशनले प्रकाशन गृहको आधार तय गरेको छ । विविध क्षेत्रका पाठ्यसामग्रीहरु प्रकाशन गर्ने मौकाको प्रतिक्षामा छौं ।यस पब्लिकेशनले सामाजिक, आर्थिक, साँस्कृतिक, भौतिक लगायत उत्पादन एवम् औद्योगिक विकासका क्षेत्रमा खोज, अध्ययन अनुसन्धान र प्रकाशन गर्ने हाम्रो जमर्कोमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौं । यसमा उत्साही एवम् प्रतिवद्ध युवाहरुको साथ छ । कामले सीप तिखार्छ, अनुभवले परिपक्वता बढाउँदै लैजान्छ । चुनौतीहरु धेरै देखेका छौं, तर पनि सबैको साथ र प्रेरणाले हामी विजयी हुनेछौं । निकाल्न जान्यौं भने आलोचनामा सुन हुन्छ रे ! रचनात्मक सुझाव सधैं स्वीकार्य हुनेछ । हामी निरन्तर प्रकाशनमा प्रतिवद्ध छौं । सम्पादक




0 comments to "'प्रत्यूष' धादिङको पहिलो र एकमात्र दैनिक"