Home » » सरकारले घटायो चेपाङको अनुदान


धादिङ (प्रस), अति सिमान्तकृत समुदायमा सुचिकृत भएका चेपाङ समुदायको उत्थानका निम्ति राज्यले उपेक्षा गर्दै गएको चेपाङ अगुवाहरुले वताएका छन । चेपाङ समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक विकासका लागि भनेर २०३४ साललेखि राज्यले प्रजा (चेपाङ विकास कार्यक्रम) संचालन गर्दै आईरहेको भएपनि पछिल्लो समयमा भने रकम घटाएर नाम मात्रको कार्यक्रम संचालन भईरहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले बताउनुभयो । चेपाङ समुदायवाट स्नातकोत्तर उत्तिर्ण एकमात्र व्यक्तिका रुपमा समेत परिचित तिलकका अनुसार हाल देशको धादिङ, मकवानपुर, चितवन, तनहुँ, गोर्खा, लमजुङ, लगायतका विभिन्न जिल्लामा गरी करिव ८० हजार चेपाङ समुदायको बसोवास रहेको छ । 

अधिकांश चेपाङ समुदाय भुमिहिन र आर्थिक तथा शैक्षिक रुपमा पनि निकै पछाडि रहेका छन ।  आर्थिक रुपले विपन्न भएकै कारण चेपाङ समुदायको शैक्षिक अवस्था पनि कमजोर रहेको तिलक बताउँछन । सिमान्तकृत समुदायको उत्थानका लागि भनेर विभिन्न योजना परियोजना बनेपनि चेपाङ समुदाय यी अवसरवाट समेत बञ्चित रहँदै आएका छन् । गएको बर्ष देशभरीका चेपाङका लागि  ९५ लाख रुपैँया विनियोजन गरेको सरकारले यो बर्ष जम्मा ४५ लाख रुपैया मात्र विनियोजन गरेर चेपाङ समुदायका लागि सञ्चालित विभिन्न योजना तथा कार्यक्रम अलपत्र पारेको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको गुनासो छ । 

चेपाङ विकास कार्यक्रम अन्र्तगत प्राप्त रकम चेपाङ विद्यार्थीलाई विद्यालय पोशाक खरिद, विभिन्न्न पुर्वाधार विकास लगायतका शीर्षकमा खर्च हुँदै आईरहेको पनि अध्यक्ष जितेन्द्रले वताए । चेपाङ समुदायका छुट्याईएको कुल बजेटबाट धादिङ जिल्लाका लागि भने जम्मा ९ लाख ९५ हजार मात्र पर्न आएको पनि नेपाल चेपाङ संघ धादिङले जनाएको छ । धादिङ जिल्लामा छुट्टयाईएको रकमबाट जिल्लाका प्राथमिक तहमा अध्ययनरत ४५ सय चेपाङ बिद्यार्थीलाई विद्यालय पोशाक, जिल्लाको एकमात्र चेपाङ छात्रावास भवन निर्माण तथा व्यवस्थापन र अन्य कार्यक्रम व्यवस्थापनका लागि प्रशासनिक खर्च धान्न पर्ने भएपछि आफूहरु समस्यामा परेको संघका जिल्ला कोषाध्यक्ष सन्तमान चेपाङ बताउनुहुन्छ ।

Tags:

0 comments to "सरकारले घटायो चेपाङको अनुदान"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts