Home » » धादिङ प्याब्सनमा बानियाँ



धादिङबेसी (प्रस), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङको अध्यक्षमा शान्तविक्रम बानियाँ निर्वाचित हुनुभएको छ । आईतबार राती सम्पन्न ५ औं अधिवेशनले बानियाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो । अधिवेशनबाट कार्य समितिको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, सचिवमा देवीप्रसाद अधिकारी, कोषाध्यक्षमा गोविन्द बुढाथोकी, सह–सचिवमा ज्योती लामा, सह–कोषाध्यक्षमा विश्वनाथ उप्रेती र सदस्यहरुमा जिवन घिमिरे, माया पाठक, भुवन त्रिपाठी, दिनेश भट्ट र दीपक कार्की निर्वाचित हुनु भएको छ । यसैगरी अधिबेशनले प्याब्सनको केन्द्रीय महाधिबेशन प्रतिनिधीमा नेत्रराज पौडेल, केदार पाठक  र मिना प्रधानलाई चयन गरेको छ । प्याब्सन धादिङमा जिल्ला का विभिन्न ३१ वटा निजी बिद्यालयहरु आवद्ध रहेका छन । प्याब्सन धादिङको संस्थापक अध्यक्ष र त्यसपछिको एक कार्यकालमा समेत बानियाँले अध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएको छ । प्याब्सन धादिङका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सचिव विमल थापा रहनुभएको थियो । 

Tags:

0 comments to "धादिङ प्याब्सनमा बानियाँ"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts