Home » » सहकारी क्लिनिकबाट स्थानीय लाभान्वित

चरौँदी (प्रस), गाउँ नजिकै स्वास्थ्य केन्द्र नहुँदा सामान्य रोग उपचारका लागि दिनभरिको वाटो हिड्नुपर्ने वाध्यताबाट बेनीघाट र धुषा गाविसका स्थानीय बासिन्दाले राहत पाएका छन । दक्षिणी धादिङको चरौँदीबजारमा रहेको कृषकसुधार फलफूल तथा तरकारी सहकारी संस्थाले आफ्नै भवनमा सञ्चालन गरिरहेको सामुदायिक जनस्वास्थ्य सेवा क्लिनिकले यस क्षेत्रका सर्वसाधारणलाई चार वर्षअघि देखि सुपथ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । चरौँदीबजारमा सामुदायिक जनस्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा आएपछि धादिङ जिल्लाको धुषा, जोगीमारा, चितवनको लोथर र गोरखा जिल्लाको घ्याल्चोक  गाविसका साथै चरौँदी वरिपरिका स्थानीयबासीले सर्वसुलभ ढंगबाट स्वास्थ्य सेवा पाउँदै आइरहेका छन् ।
सहकारी संस्थाले कृषकहरूबाट उठाएको एकदुई रूपैँयाबाट सञ्चालनमा ल्याइएको स्वास्थ्य क्लिनिकमा प्रसुती सेवा, दिसा–पिसाव, रगत, खकार जाँचका साथै अन्य रोगहरूको उपचार गरिनुका गर्ने गरिएको छ । प्रत्येक हप्ताको विहिबार विशेषज्ञ डाक्टरबाट विरामीहरूको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष हेमनाथ थपलिया बताउनुहुन्छ । २०५१ सालमा स्थापना भएको कृषक सुधार सहकारी संस्थामा अहिले करिब २  हजार शेयर सदस्य रहेका छन् । तरकारी तथा फलफूल उत्पादन एवं विक्री गर्ने चेपाङ र दलितहरूका साथै गरीव विपन्न किसानहरूमात्र सदस्य रहेको सहकारी संस्थाले किसानहरूबाट उत्पादित फलफूल  तथा तरकारी सर्वसुलभ ढंगबाट विक्रीवितरण गर्न कृषि उपज बजारको समेत व्यवस्था मिलाएको छ । संस्थाको कृषि उपज बजारमा विक्रीका लागी ल्याइएका तरकारी तथा फलफूल तौल गरेवापत न्युनतम शुल्क लिने गरिएको अध्यक्ष थपलियाले बताउनुभयो । तौल गरिदिएबापत लिइने मूल्यको १ प्रतिशत स्वास्थ्य क्लिनिकका लागि र बाँकी संस्थाको कोषमा जम्मा गर्ने गरिएको संस्थाका पदाधिकारीहरू बताउँछन् ।

Tags:

0 comments to "सहकारी क्लिनिकबाट स्थानीय लाभान्वित"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts