सम्पादकीय
कृषि गणना र महत्व
‘कृषि विकासको मूल आधार, पारौ कृषिगणना साकार’ भन्ने मुल नाराका साथ छौठौं राष्ट्रिय कृषि गणना देशभर एकैसाथ सञ्चालन हुन लागिरहेको छ । हरेक १०÷१० बर्षमा हुँदै आएको कृषि गणना शुरु भएको ५० बर्ष पुराभएको छ । हरेक राष्ट्रिय जनगणना अभियानपछि तत्कालै हुने कृषिगणना वि.स २०१८ सालबाट शुरु भएको हो । पहिलोपटक भएको कृषिगणनामा कृषि उपजहरुले ओगटेको क्षेत्रफल मात्र नभई धान, मकै, गहुँ, आलुजस्ता बालीहरुको उत्पादनको आधारशिला तथ्याङ्क पनि लिइएको थियो । त्यसैलाई आधार मानेर आजसम्म पनि प्रत्येक कृषिगणनाबाट प्राप्त उपजहरुको क्षेत्रफल र उत्पादकत्वलाई कृषि मन्त्रालयले बर्षमा दुईपटक उत्पादन अनुमान प्रकाशन गर्दै आइरहेको छ ।
राष्ट्रिय कृषि गणना २०६८ लाई एक विशेष महत्वको रुपमा पनि लिइएको छ । किनभने केही महिना अगाडि सम्पन्न राष्ट्रिय जनगणनामा नेपालको इतिहासमा कृषि गणनाको महत्वपूर्ण तथ्याङ्क जस्तै पशुहरुको गणना समेत पहिलो पटक समावेश गरिएकोले यसमा पनि सहयोग पुग्ने देखिएको छ । यसका साथै आगामि कृषिगणनाबाट प्राप्त सुचनाहरुले किसानहरुलाई राज्यले प्रदान गर्नुपर्ने कृषि सेवा तथा सुविधाहरुसम्बन्धी नीति निर्माण गर्न सघाउने निश्चय छ । साथै यस्ता प्रकारका गणनाबाट गरिवी हटाउने अभियानमा ठोस योगदान पुग्ने देखिएको छ । कृषि गणनाबाट प्राप्त हुने कृषि उपजहरुले ओगटेका क्षेत्रफल र पशुपंक्षी सम्बन्धी डाटावेश तयार गर्न सहयोग पुग्नसक्छ ।
अहिले देशका सबै जिल्लामा कृषि गणनाको तयारी तिव्र पारिएको छ । धादिङ जिल्लामा पनि राष्टिूय कृषि गणना कार्यालय धादिङले गणनाको लागि तयारी शुरु गरेको छ । जिल्लामा सफल रुपमा कृषि गणना सम्पन्न गर्नको लागि कार्यालयले विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गरेको छ । यस वर्षको राष्ट्रिय कृषि गणना २०६८ को तालिम कार्यक्रम गणक तथा सुपरिवेक्षकका लागि यही पुष २१ गते देखि पुष ३० गतेसम्म रहेको र कृषि गणनाको स्थलगत तथ्यांक संकलन माघको पहिलो हप्ताबाट फागुनको अन्त्यसम्म सम्पन्न हुँदैछ । राष्ट्रिय कृषिगणना २०६८ को लागि धादिङ जिल्लामा एघार लाख बहत्तर हजार खर्च हुने कार्यालयले जनाएको छ ।
तर यस अभियानको लागि सबै नागरिक सचेत हुनुपर्छ, कृषिगणना आफ्नै लागि हो भन्ने भावनाले अभिप्रेरित भई गणकहरुले सोधेका सम्बन्धित विषयको बारेमा तथ्य र यथार्थ जानकारी दिनुपर्छ । यथार्थमा कृषि गणनाको बारेमा सबै सचेत हुनुपर्छ । यसो भएमा मात्र कृषि गणना सफलतापूर्वक सम्पन्न हुन्छ र हाम्रो चाहाना पनि त्यही हो ।
सरसफाईको लागि जुटौं

धादिङबेसीमा यतिवेला हामीले व्यवस्थित सरसफाईको अभाव देखि भोगिरहेका छौं । खासगरी सदरमुकाम धादिङवेसीमा यतिवेला फोहरमैलाले दुर्गन्ध फैलाएको छ । बजारका घरका आगँन मात्र होइन सडक किनारा तथा नालीहरुमा पनि फोहरमैला छरपष्ट रुपमा रहेको अवस्था छ । फोहर मैला जथाभावि छरपष्ट अवस्थामा रहँदापनि यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन । विगतका बर्षसम्म बजारका घर घरमा ट्याक्टरबाट फोहर उठाउने व्यवस्था मिलाइएको भएपनि केही महिना अगाडिबाट बजारका घरबाट फोहर संकलन हुन छाडेको छ । यस्तो अवस्थामा घर घरबाट निस्किएका फोहरमैला सिधैं नालिमा फ्याक्ने र अलि धेरै छ भने सिधैं खोलामा फाल्दै गरेको हामीले देखेका छौं । यसमा पनि नालिमा फ्याकिएका फोहरमैला पनि थोपल खोला र अर्बु खोलामा थुप्रिएको अवस्था छ ।
धादिङवेसीमा फोहरमैला व्यवस्थापनको अवस्था कस्तो भन्ने कुरा हामीले धेरै कुरा भन्नुभन्दा पनि धादिङवेसी प्रवेश गर्ने पुछारबजारको पुलबाट यसो थोपलखोलातर्फ हेर्दा मात्र पनि धेरै कुरा थाहा हुन्छ । यस्तो अवस्थामा हामी काठमाण्डौको विष्णमति र बागमति अनि टुकुचाको धेरै चर्चा गर्छांै तर हाम्रै नजिकमा रहेको थोपलखोलाको बारेमा कुरा सम्म पनि गर्दैनौं । यस्तै स्थिति रहिरहने हो भने हाम्रो थोपल खोला पनि केही बर्षभित्रै बागमति र विष्णुमतिको हालतमा पुग्ने निश्चित छ । त्यसकारण हामीले आजैदेखि सोचेर काम गर्नुपर्छ । यसको लागि को बाट र कहिले कामको शुरुवात गर्ने भन्ने भन्दा पनि आफुले आजैबाट काम शुरु गर्नु पर्छ । आफ्नो घारबाट निस्कने फोहर मैला आफैले व्यवस्थापन गर्ने हो । यसको लागि कसैलाई गुहारिरहनु पर्दैन । बजारबासी सबैले आफ्नो घरबाट निस्कने फोहर मैलाको आफैले व्यवस्थापन गर्न सक्ने हो भने अहिले देखिएको समस्या धेरैहदसम्म समाधान हुने निश्चित छ ।
फेरी यसको लागि सम्बन्धीत निकायले पनि सोच्न जरुरी छ । किनभने बजार दिनप्रतिदिन बाक्लो र घनाबस्तीमा परिणत हुंदै जाने अवस्था छ । यस्तो अवस्थामा फोहरमैला व्यवस्थापन गर्नको लागि बैकल्पिक व्यवस्था गर्नेतर्फ सोच्न सकिएन भने समस्या झनै रहन सक्छ । बढ्दो जनसंख्या र दिन प्रतिदिन प्रदुषण बढ्दै जाने अवस्था प्रति हामीले ध्यान दिनु जरुरी छ । त्यसकारण यस कार्यको लागि बजारबासीहरु र सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु जरुरी भैसकेको छ ।
मेला सफल पारौं
‘सम्बृद्ध धादिङको परिकल्पना, कृषि पर्यटनको विकास र उद्योगको स्थापना’ भन्ने मुल नाराका साथ आगामी फागुन १९ गतेदेखि २५ गतेसम्म धादिङको गलौदी स्थित त्रिशुली नदिको किनारामा धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला –२०६८ हुने भएको छ । यसको लागि विभिन्न २७ वटा कार्यगत समितिहरु पनि बनिसकेका छन् भने ५१ सदस्यीय सल्लाहकार समिति र ५ सय ५५ सदस्यीय मुल आयोजक समिति पनि बन्ने निर्णय भएको छ । खासगरी जिल्लाको कृषि पर्यटन तथा उद्योगको विकास एवं विस्तार गर्ने मुल उद्देश्य रहेको मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि यतिवेला सबैको ध्यान मेलातर्फ केन्द्रित बनेको छ । मेला सञ्चालनको लागि निर्माण भएका विभिन्न कार्यगत समितिहरु आ–आफ्नो जिम्मेवारी अनुसारका कार्य बाडफाँडमा जुट्न थालेका छन् ।
‘जिल्लाको सान, मान र उत्सव–प्रथम धादिङ महोत्वस’ भन्ने नाराका साथ २०६४ सालमा सम्पन्न भएको प्रथम धादिङ महोत्सवको अनुभवले पनि आगामी कृषि, पर्यटन तथा औद्योगिक मेलालाई सफलता पूर्वक सम्पन्न गर्न प्रोत्साहन मिल्ने देखिन्छ । तर, यसको लागि सबैको साथ र सहयोगको भने उत्तिकै खाँचो रहन्छ । खासगरी यसपटक सदरमुकाम भन्दा बाहिर मेला हुन लागेकोले पनि विभिन्न विषयमा चुनौती देखिएका छन् । राजमार्ग क्षेत्रमा मेला हुन लागेका कारण मानिसको सहभागिता केही बढी हुने देखिएको छ । खासगरी मेलाले मुख्य आकर्षण त्रिशुली नदीमा गराइने ¥याफ्टीङ रहेको छ ।
पर्यटकको मुख्य आकर्षणको रुपमा रहेको जलयात्रालाई मुख्य केन्द्र बनाएर आयोजना गरिएको मेलाले धेरै भन्दा धेरै सकारात्मक सन्देश दिने निश्चिय नै छ तर, त्रिशुली नदि किनारामा जथाभावि रुपमा सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र त्यसबाट निस्किने धमिलो पानीको कारण त्रिशुली नदीमा जलयात्रामा त्यति सहजता भने छैन । यस्तो धमिलो पानीको कारण जलयात्रा प्रभावित हुन सक्छ । त्यसकारण मेलालाई भव्य र सफल रुपमा सम्पन्न गर्नको लागि मेला अवधिभरको लागि मात्र भनेपनि यस्ता कार्यमा नियन्त्रण गर्ने कार्यमा मेला मुल आयोजक समितिले विशेष ध्यान दिनुपर्ने देखिएको छ । यसका साथसाथै आ–आफ्नो स्थानबाट पनि सबैले मेला सफल बनाउने विषयमा विशेष कदम चाल्नु आवश्यक छ । यसलाई मेला मात्र भन्दा पनि समग्र धादिङको चिनारी हो भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ ।
धादिङको पर्यटन विकासमा लागौँ
दिगो विकासको विभिन्न आधारहरु मध्ये पर्यटन एउटा महत्वपूर्ण पक्ष हो । नेपालको लागि प्राकृतिक सुन्दरता पर्यटन विकासको हिसाबले वरदान नै मानिन्छ । धादिङमा विभिन्न औपचारिक फोरमहरुमा चल्ने छलफल बहसहरुमा जिल्लाको दिगो विकासको लागि कृषि र पर्यटनको विकासमा मुख्य जोड दिने अवधारणामा साझा निष्कर्ष निस्किएको पाइन्छ सरोकारवाला सबैको । विकास भन्नासाथ प्रथम चरणमा पूर्वाधार निर्माणको कुरा आउँछ । हामी अहिले नेपाल पर्यटन बर्ष २०११ को उत्तरार्धमा आइपुगेका छौं । धादिङ २०११ भरी पर्यटन क्षेत्रको विकासको लागि राष्ट्रिय अभियानसँग तादात्म्यता ल्याउने गरी कुनै पनि महत्वपूर्ण कामहरु भएनन् । भौतिक पूर्वाधार विकासको दृष्टिले हेर्दा राजनीतिक नेतृत्व र विकासे अड्डाहरु योजनाविहिन शुन्यतामा नै रहे भन्दा पनि अत्यूक्ति नहोला ।
यही पृष्ठभूमिका अहिले स्थानीय विभिन्न संघसंस्था र समूहहरुले पर्यटन प्रवद्र्धनको लागि केही काम गर्न थालेको देखिन्छ जुन समग्र जिल्लाको पर्यटन विकासको लागि प्रयाप्त त नहोला तर मार्गदर्शन भने बन्न सक्छ । जिल्लामा पर्यटन विकास गर्नेकुराहरु सबैको मुखमा झुण्डिए पनि यसलाई सोचे अनुसार अघिबढाउन नसक्नुमा केहि समस्याहरु छन् । नीति निर्माताहरुमा पर्यटन सम्बन्धी ज्ञानको कमी हुँदा प्रभावकारी योजनाहरु बन्न नसक्नु र बनेका योजनाहरुलाई पनि कार्यान्वयन गर्न नसक्नुले नै पर्यटनको विकास हुन नसकेको हो भन्ने कुरामा दुईमत छैन ।
यसरी नै सवै क्षेत्रबाट पर्यटन विकासको लागि हुने गरेका कामहरुलाई केवल छलफल, बहस र औपचारिकतामा मात्र सिमित नगरी कार्यान्वयनको प्रक्रियामा समेत लैजान जरुरी छ । त्यसको लागि सरकारी एवं गैरसरकारी सवै क्षेत्रले हातेमालो गरेर अघि बढ्न सकेमात्र जिल्लाको समग्र विकास सम्भव छ अन्यथा कथनी र करनीमा सामञ्जस्यता नभएसम्म धादिङमा पर्यटन विकासको सम्भावना प्रचुर मात्रामा रहेपनि त्यो सम्भावना मात्रै रहनेछ । त्यसैले अरुले गरिदिएन भनेर समयको बर्वाद गर्नुभन्दा आजैबाट हामी सवैले आ–आफ्नो ठाउँबाट लाग्ने प्रण गरौ । यसको लागि कसले र कहिले सुरु गर्ने भन्ने भन्दापनि सुरुवात आफैंबाट गर्नुपर्छ । सम्पादक
प्रकाशकीय
सूचना तथा सञ्चारको तिव्र विकाससंगै धादिङमा पनि अखबारको जागरण आएको छ । पत्रकारीताको यो करिव एक दशकको अवधि सन्तोषजनक रह्यो । यो गौरवमय इतिहाससंग जोडिएर ‘प्रत्यूष’ दैनिक प्रकाशन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । सबैको माया ममता सद्भाव र सहयोगले यसको व्यवसायिक विकासमा मद्धत पुग्ने आशा गरेका छौं । निष्पक्षता र गुणात्मकता पत्रकारीताको प्राण हो । यसप्रति हामी सचेत छौं । पत्रकारीतालाई सकारात्मक शैलीबाट अघि बढाउने हाम्रो प्रयास निरन्तर रहनेछ । यो सन्दर्भमा ‘प्रत्यूष’ दैनिक’ सबैको विचारहरुका लागि भरपर्दो र गतिलो माध्यम हुनेछ । ‘प्रत्यूष’ पब्लिकेशनले प्रकाशन गृहको आधार तय गरेको छ । विविध क्षेत्रका पाठ्यसामग्रीहरु प्रकाशन गर्ने मौकाको प्रतिक्षामा छौं ।
यस पब्लिकेशनले सामाजिक, आर्थिक, साँस्कृतिक, भौतिक लगायत उत्पादन एवम् औद्योगिक विकासका क्षेत्रमा खोज, अध्ययन अनुसन्धान र प्रकाशन गर्ने हाम्रो जमर्कोमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौं । यसमा उत्साही एवम् प्रतिवद्ध युवाहरुको साथ छ । कामले सीप तिखार्छ, अनुभवले परिपक्वता बढाउँदै लैजान्छ । चुनौतीहरु धेरै देखेका छौं, तर पनि सबैको साथ र प्रेरणाले हामी विजयी हुनेछौं । निकाल्न जान्यौं भने आलोचनामा सुन हुन्छ रे १ रचनात्मक सुझाव सधैं स्वीकार्य हुनेछ । हामी निरन्तर प्रकाशनमा प्रतिवद्ध छौं । सम्पादक