प्रत्यूष संवाददाता (धादिङ), जिल्लाको मैदी गाउँ विकास समितिको वडा न. १ र ३ का स्थानीयवासीहरु सफा पानी पिउन पाउने मिति नजिकिएको छ । विगत २ वर्ष अघिदेखि कोसोक नेपालद्वारा सञ्चालित गरिवी निवारण कार्यक्रमको सहकार्यमा ३ वटा सामुदायिक संस्था मैदीकोट सामुदायिक संस्था, सगरमाथा सामुदायिक संस्था र लालिगुराँस सामुदायिक सस्थालाई एक ठाउँमा समायोजन गरी एकीकृत मैदीकोट खानेपानी तथा सरसपाई उपभोक्त समिति मैदी १ र ३ धादिङ गठन गरिएको थियो । विद्युतीय खानेपानी आयोजनाको रुपमा सञ्चालन गरिने योजनाको लागि स्थानीय वासिन्दाहरुको समस्यालाई प्राथमिकताको आधारमा योजना छनोट गरी खानेपानी योजना सञ्चालनको काम सुरु गरिएको थियो । यसरी सञ्चालन गर्न लागिएको खानेपानीे आयोजनाले मैदीको मैदीकोट र उखुवारीका आदिवासी जनजाति र दलित वस्तिका स्वच्छ खानेपानी पिउनबाट बञ्चित ६० घरधुरीका ४ सय ५० जनालाई राहत पुग्ने छ । कोसोक नेपालको प्राविधिक सहयोगमा सम्पन्न गरिने उक्त आयोजनामा करिव ३५ लाख बराबरको रकम खर्च हुने अनुमान गरिएको छ । गरिवी निवारण कोस र मैदी गाउँ विकास समितिको आर्थिक सहयोग तथा स्थानीय जनसहभागितामा खानेपानी आयोजना सम्पन्न गर्न लागिएको कोसोक नेपाल धादिङका सामाजिक परिचालक नारायणकुमार श्रेष्ठले बताउनुभयो ।




0 comments to "मैदीकोटका स्थानीयवासी पिउने पानीको पर्खाइमा"