Home » » सेर्तुङमा शिक्षकहरुमाथि आक्रमण, शैक्षिक संस्था बन्द


प्रत्यूष सम्बाददाता, सेर्तुङ / धादिङ जिल्लामा क्रियाशील ५ वटा शिक्षक संगठनहरुले आईतबार धादिङ जिल्लाभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएका छन् । मुक्रापदेवी उच्च माध्यमिक विद्यालय सेर्तुङका शिक्षकहरु माथि शनिबार साँझ भएको आक्रमणको बिरोधमा नेपाल शिक्षक युनियन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, र शैक्षिक गणतान्त्रिक मञ्चले शैक्षिक संस्था बन्दको आह्वान गरेका  हुन् । बन्दका कारण आइतबार दिनभरी धादिङका सम्पूर्ण शैक्षिक संस्था ठप्प भएका थिए ।

राप्रपा नेता एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई गाउँमा आउँदा स्वागत नगरेको भन्दै तामाङका समर्थकहरुले  शिक्षकहरु माथि आक्रमण गरेको आरोप शिक्षक संगठन हरुले लगाएका छन् । ५ वटै शिक्षक संगठनहरुले विज्ञप्ति मार्फत घटनाको घोर भत्र्सना समेत गरेका छन् । सोहि घटनाको विरोधमा आईतबार शिक्षकहरुले संयुक्त रुपमा धादिङबेसीमा विरोध ¥याली प्रदर्शन गरेका थिए । आक्रमणमा परी मुक्रापदेवी उच्च माविका प्रधानाध्यापक नवराज धमेना, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद भट्टराइ र शिक्षक अर्जुन अर्याल गम्भिर घाइते हुनुभएको छ । शनिवार सँंझ राप्रपाका कार्यकर्ताहरुबाट आक्रमणमा परि घाइते हुनुभएका शिक्षकहरुको उद्धारमा प्रतिकुल मौषमले गर्दा ढिलाई भएको थियो । 

आइतबार दिउँसो २ बजेतिर काठमाण्डौबाट आएको हेलिकप्टरले विरामीहरुको उद्धार गरेको थियो । यसअघि घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमीक उपचार गराइएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्लाका प्रमूख राजनीतिक दलका नेता, प्रमूख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक समेतको उपस्थितिमा घाइतेहरुको उद्धार, घटना न्यूनिकरण लगायतका विषयमा पटक–पटक बैठक बसेको भएपनि आइतबार बिहानैदेखी प्रतिकुल बनेको मौषमका कारण हेलिकप्टरबाट विरामीको उद्धार गर्ने प्रयासमा ढिलाई भएको धादिङका प्रमूख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले बताउनुभयो । 

सेर्तुङ घटनालाई लिएर जिल्लाका प्रमूख राजनीतिक दल र सुरक्षा निकायका प्रमूखहरुको वैठकले घटनास्थलमा थप सुरक्षावल परिचालन गर्ने र तत्कालका लागि राजनीतिक कार्यक्रम स्थगित गरेर काठमाण्डौ फर्किन पूर्व गृहमन्त्री एवम् राप्रपा नेता बुद्धिमान तामाङलाई आग्रह गर्ने निर्णय गरेको थियो । 
यसैबीच शिक्षकहरु माथि आक्रमण भएको विरोधमा मुक्रापदेवी उच्च माध्यमिक विद्यालय श्रोतकेन्द्र भित्रका सम्पूर्ण विद्यालयहरुमा सोमबारदेखी सुरु हुने भनिएको परीक्षा अर्का सूचना जारी नभएको सम्मको लागि स्थगित गरिएको छ । श्रोतकेन्द्रले सबै विद्यालयमा एउटै प्रश्न पत्र पठाउनु पर्नेमा श्रोतकेन्द्र विद्यालयमा नै सो घटना घटेकाले केहि दिनको लागि परीक्षा स्थगीत गरिएको बताइएको छ । 

Tags:

0 comments to "सेर्तुङमा शिक्षकहरुमाथि आक्रमण, शैक्षिक संस्था बन्द"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts