Home » » पाठेघर खसेका महिलाको सफल शल्यक्रिया

लापा (प्रस), नमस्ते ग्रामिण विकास समाज लापा, नहुदा महिला स्वास्थ्य ललितपुर र चाहिल हेवेन क्यानडाको संयुक्त पहलमा लापा गाउँ विकास समितिको वडा न. ३ र ७ का ५ जना महिलाले पाठेघर खस्ने समस्याको सल्यक्रिया गरी सफल उपचार गराएका छन् । दुर्गम ग्रामिण भेगका महिलाहरुमा धेरै मात्रामा पाठेघर खस्ने समस्या रहेको विभिन्न तथ्याङ्कहरुले देखाउँदै आएका छन् । पाठेघर खसेका महिलाहरु समाजमा आफ्नो समस्या देखाउन लाज मान्ने गरेका कारण लामो समयसम्म यसको पिडाबाट छुट्कारा पाउन नसकेको पनि विभिन्न संस्थाहरुले बताएका छन् । 

ग्रामिण भेगमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कार्यकर्ताको समेत कमी रहेको र महिलाहरुमा त्यस किसिमको चेतनाको विकास हुन नसकेको कारण पनि आफ्नो समस्या लुकाएर लामो समयसम्म पिडा सहनुपरेको नमस्ते ग्रामिण विकास समाज लापाका कर्यकारी निर्देशक दिनेश तामाङले बताउनुभयो । पाठेघर खसेर समस्यामा रहेका महिलाहरुको समस्या हल गर्न आफूहरुले सक्दो पहल गर्ने र धेरै महिलाहरुको समस्या समाधान गरिसकेको पनि उहाँले उल्लेख गर्नुभएको थियो । 

पाठेघर (आङ) खस्ने समस्या भएका महिलाहरुलाई आफ्नो समस्या नलुकाउन र सजिलै तरिकाबाट स्वास्थ्य संस्थामा लैजान समेत उहाँले  आग्रह गर्नुभएको छ । लापा जस्तो ठाउँमा रहेर पनि आफूहरुको संस्थाले सेवामुखी काम गर्न थालेको उल्लेख गर्दै उहाँले त्यस्ता महिलाहरुलाई आफ्नो संस्थासँग सम्पर्कमा आए सहयोग गर्न सकिने भएकाले आफ्नो समस्या नलुकाउन समेत आग्रह गर्नुभएको छ  । पाठेघर खस्ने समस्यामा रहेका जो कोहि महिलाहरुलाई पनि आफूहरुले सहयोग गर्दै आएको उहाँको भनाई रहेको छ ।

Tags:

0 comments to "पाठेघर खसेका महिलाको सफल शल्यक्रिया"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts