बेनीघाट (प्रस), बेनीघाट गाउँ विकास समितिको १९ औं गाउँ परिषद सोमबार गाविसको कार्यालय बेनिघाटमा सम्पन्न भएको छ । गाविस सचिव रामहरि कंडेलको अध्यक्षतामा सम्पन्न परिषदले आर्थिक वर्ष २०६८÷०६९ को लागि ३९ लाख ३० हजार रुपैँया बजेट विभिन्न शीर्षकमा विनियोजन गरको छ । विनियोजित वजेट मध्ये ८ ला ९३ हजार रुपैँया लक्षित बर्गतर्फ छुट्टाइएको छ । यसैगरी चालु खर्चको लागि ६ लाख ३६ हजार २ सय र बाँकी रकम अन्य विकास निर्माणका लगिा विनियोजन गरिएको गाविस सचिव रामहरि कंडेलले बताउनुभयो । परिषदले आर्थिक वर्ष २०६९÷०७० को लागि ४२ लाख ३० हजार बराबरको अनुमानित वजेट प्रस्ताव गरको छ । एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज उत्तम कंडेल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष शिवराज कंडेल र नेपाली काँग्रेसका महादिवेशन प्रतिनिधि देवी प्रसाद सिलवालको विशेष आतिथ्य रहेको परिषदमा राजनीतिक दलका गाविस प्रतिनिधि, स्थानीय समाजसेवी र बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।




0 comments to "बेनिघाटको गाउँ परिषद सम्पन्न"