Home » » आजदेखी हात्तीपाईले विरुद्धको औषधि खुवाइने


धादिङ (प्रस), आज धादिङ लगायतका जिल्लामा २ बर्षदेखि माथिका मानिसलाई हात्तीपाइले विरुद्धको औषधी खुवाईंदै छ । आजदेखि २४ सम्म सञ्चालन हुने औषधि खुवाईने कार्यक्रमका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक समेत गरी १ हजार ९ सय ७३ जनालाई औषधी खुवाउने कार्यमा परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेलले बताउनुभयो । आज औषधी खान छुटेकालाई भोली र पर्सी घर घरमा गएर औषधी खुवाइने कार्यक्रम रहेको पनि डोटेलले बताउनुभयो । खाना खाएपछि मात्र खानुपर्ने यस रोगविरुद्धको औषधी ७ दिनकी सुत्केरी आमा र गर्भवति महिलाले सेवन गर्न नहुने स्वास्थ्य कार्यालयले जनाएको छ । सन् २०२० सम्ममा हात्तीपाईले रोग निवारणको राष्ट्रिय कार्यक्रम अनुसार धादिङमा अहिले पांचौ चरणको औषधि वितरण कार्यक्रम शुरु भएको छ । धादिङमा हात्तीपाईलेबाट सल्यानटार, बेनीघाट र केवलपुर गाविसका मानिसहरु बढि प्रभावित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

Tags:

0 comments to "आजदेखी हात्तीपाईले विरुद्धको औषधि खुवाइने"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts