Home » » पाठेघर सम्बन्धी स्वास्थ्य शिविर


सल्यानकोट (प्रस), सल्यानकोट उप–स्वास्थ्यचौकी बेलुङमा महिला तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने शिविर आइतबार सम्पन्न भएको छ । पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरेर आयोजित शिविरमा ६१ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । सो अवसरमा स्वास्थ्य परिक्षण गरिएका मध्ये ४ जना महिलामा पाठेघर खस्ने समस्या पाईएको थियो । पाठेघर खस्ने समस्याको पहिचान भएका ४ जना महिलाहरुलाई निःशुल्क शल्यक्रियाको लागि शिरमेमोरियल हस्पिटल काठमाडौं रिफर गरिएको सल्यानकोट उप–स्वास्थ्यचौकीका प्रमुख ज्ञानबहादुर दाहालले बताउनुभयो । शिविरमा सल्यानकोट गाउँ विकास समितिका अलावर छिमेकी गाविसहरु आगिञ्चोक, फूलखर्क लगायतका बासिन्दाले पनि सेवा लिएका थिए । शिविरमा कल्पना लम्सालको नेतृत्वमा रहेका ३ जना चिकित्सकको टोलीले सेवा दिएको थियो ।

Tags:

0 comments to "पाठेघर सम्बन्धी स्वास्थ्य शिविर"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts