Home » » गम्भीर भएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन


२० असार, काठमाण्डौ । प्रधानमन्त्री डा वावुराम भट्टराईले सरकारका सेवा निवृत्त कर्मचारीहरुलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भट्टराईले सरकार सार्वजनिक प्रशासनको सुधारका लागि एकचित्त भएर अघि वढेकोले ढुक्क भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको हो । नेपाल सरकारका सेवा निवृत्त मुख्यसचिव, सचिव र विशिष्ट श्रेणीका पदाधिकारीसँग वुधवार विहान सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सरकारले सेवानिवृत्त पदाधिकारीको अनुभव, ज्ञान, सीप र दक्षतालाई मुलुकको सार्वजनिक सेवाको प्रभावकारिताका लागि उपयोग गर्न आवश्यक प्रयास थालेको वताउनुभयो । उहाँले स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको महत्व सङ्क्रमणकालमा अझ बढी भूमिका हुने भएकाले मुलुकको परिस्थितिलाई हेरेर गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यसचिव माधवप्रसाद घिमिरेले सेवानिवृत्त कर्मचारीबीच सद्भाव, सहयोग र सहकार्य गर्ने तथा उनीहरूबाट देशको सार्वजनिक प्रशासनको क्षेत्रमा पुगेको योगदानको सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव जयमुकुन्द खनालले सेवानिवृत्त विशिष्ट श्रेणीका कर्मचारीको अनुभवबाट राष्ट्रले लाभ उठाउनुपर्नेमा जोड दिनुभयो । सरकारले मुलुकको सार्वजनिक प्रशासनको उच्च तहमा पुगेका र दीर्घसेवा गरेका कर्मचारीसँग उनीहरूको अनुभवलाई राष्ट्रको सार्वजनिक प्रशासनको विकासमा उपयोग गर्न यस्तो प्रयास थालेको हो 

Tags:

0 comments to "गम्भीर भएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts