Home » » धादिङको पर्यटन विकासमा लागौँ

दिगो विकासको विभिन्न आधारहरु मध्ये पर्यटन एउटा महत्वपूर्ण पक्ष हो । नेपालको लागि प्राकृतिक सुन्दरता पर्यटन विकासको हिसाबले वरदान नै मानिन्छ । धादिङमा विभिन्न औपचारिक फोरमहरुमा चल्ने छलफल बहसहरुमा जिल्लाको दिगो विकासको लागि कृषि र पर्यटनको विकासमा मुख्य जोड दिने अवधारणामा साझा निष्कर्ष निस्किएको पाइन्छ सरोकारवाला सबैको । विकास भन्नासाथ प्रथम चरणमा पूर्वाधार निर्माणको कुरा आउँछ । हामी अहिले नेपाल पर्यटन बर्ष २०११ को उत्तरार्धमा आइपुगेका छौं । धादिङ २०११ भरी पर्यटन क्षेत्रको विकासको लागि राष्ट्रिय अभियानसँग तादात्म्यता ल्याउने गरी कुनै पनि महत्वपूर्ण कामहरु भएनन् । भौतिक पूर्वाधार विकासको दृष्टिले हेर्दा राजनीतिक नेतृत्व र विकासे अड्डाहरु योजनाविहिन शुन्यतामा नै रहे भन्दा पनि अत्यूक्ति नहोला ।

यही पृष्ठभूमिका अहिले स्थानीय विभिन्न संघसंस्था र समूहहरुले पर्यटन प्रवद्र्धनको लागि केही काम गर्न थालेको देखिन्छ जुन समग्र जिल्लाको पर्यटन विकासको लागि प्रयाप्त त नहोला तर मार्गदर्शन भने बन्न सक्छ । जिल्लामा पर्यटन विकास गर्नेकुराहरु सबैको मुखमा झुण्डिए पनि यसलाई सोचे अनुसार अघिबढाउन नसक्नुमा केहि समस्याहरु छन् ।  नीति निर्माताहरुमा पर्यटन सम्बन्धी ज्ञानको कमी हुँदा प्रभावकारी योजनाहरु बन्न नसक्नु र बनेका योजनाहरुलाई पनि कार्यान्वयन गर्न नसक्नुले नै पर्यटनको विकास हुन नसकेको हो भन्ने कुरामा दुईमत छैन ।

यसरी नै सवै क्षेत्रबाट पर्यटन विकासको लागि हुने गरेका कामहरुलाई केवल छलफल, बहस र औपचारिकतामा मात्र सिमित नगरी कार्यान्वयनको प्रक्रियामा समेत लैजान जरुरी छ । त्यसको लागि सरकारी एवं गैरसरकारी सवै क्षेत्रले हातेमालो गरेर अघि बढ्न सकेमात्र जिल्लाको समग्र विकास सम्भव छ अन्यथा कथनी र करनीमा सामञ्जस्यता नभएसम्म धादिङमा पर्यटन विकासको सम्भावना प्रचुर मात्रामा रहेपनि त्यो सम्भावना मात्रै रहनेछ । त्यसैले अरुले गरिदिएन भनेर समयको बर्वाद गर्नुभन्दा आजैबाट हामी सवैले आ–आफ्नो ठाउँबाट लाग्ने प्रण गरौ । यसको लागि कसले र कहिले सुरु गर्ने भन्ने भन्दापनि सुरुवात आफैंबाट गर्नुपर्छ । सम्पादक

Tags:

0 comments to "धादिङको पर्यटन विकासमा लागौँ"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts