Home » » धादिङमा पनि माओ दिवस मनाइयो

धादिङ (प्रस), विश्व कम्युनिष्ट आन्दोलनका आदर्श माओ–त्सेतुङको ११८ औं जयन्ती सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । माओको विचार र आदर्शको जगमा टेकेर अघि बढेको एकीकृत नेकपा माओवादी र यसका भातृ संगठनहरुले माओ जयन्तीमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

यसैक्रममा एकीकृत नेकपा माओवादी धादिङले सोमबार धादिङबेसीमा माओजयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । एमाओवादी धादिङका सह–सचिव विजय बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सह–इञ्र्चाज रामबहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले चिनियाँ परिस्थिति अनुरुप क्रान्ति र माक्र्सवाद अघि बढेकाले चिनमा क्रान्ति सफल भएको बताउनु भयो । नेपालले पनि आफ्नो परिवेश र परिस्थिति अनुसार क्रान्ति र माक्र्सवादलाई अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।

यसैगरी कार्यक्रममा एनेकपा माओवादी ताम्सालिङ राज्य समिति सदस्यहरु मनराज भण्डारी, गणेश तिवारी लगायतले विश्व कम्यूनिष्ट आन्दोलनमा माओको योगदानको चर्चा  गर्नुभएको थियो ।

Tags:

0 comments to "धादिङमा पनि माओ दिवस मनाइयो"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts