Home » » चेपाङ महिलाहरु तरकारी खेतीमा

जोगिमारा (प्रस), अति सिमान्तकृत बर्गमा पर्ने चेपाङ समुदाय आयआर्जनका लागि तरकारी खेती तर्फ आकर्षित हुन थालेका  छन् ।  तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि चेपाङ महिलाहरुले आफ्ना बालबालिकालाई नियमित  विद्यालय पठाउन समेत  थालेका छन् ।  जिल्लाको जोगीमारा गाउँ विकास समितिको वडा नम्वर –२, जवाङका चेपाङ महिलाहरुले  तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि आफ्ना बालबालिकालाई नियमित  विद्यालय पठाउन थालेका हुन् । गिठ्ठा भ्याकुर जस्ता कन्दमुल खाएर जिविका गर्ने चेपाङले तरकारी खेतीबाट भएको आम्दानीले बालबालिकालाई विद्यालय पठाउने मात्र होइन मिठो खान र राम्रो लाउन सक्ने समेत हुन थालेका छन् । आफ्नो भएको पाखा पखेरामा लगाएको  काउली , गोलभेडा, आलु र  घ्युसिमी जस्ता तरकारी बेचेर वार्षिक ५० हजार भन्दा बढी आम्दानी हुने भएपछि गाँउको मुहार नै बदलिएको जवाङकी सन्सरी चेपाङको अनुभव छ । तरकारी बेचेर यहाँका चेपाङ किसानहरुले वार्षिक ७५ हजार सम्मको  आम्दानी लिने  गरेका छन ।  जवाङ गाउँका  अधिकाँश चेपाङ महिलाहरुले  आयआर्जनका लागि  तरकारी खेती गरेर राम्रो आम्दानी लिन शुरु गरेको भएपनि जिल्लाका अन्य ठाउँका चेपाङ समुदायको अवस्था भने निकै दयनीय रहेको छ ।

Tags:

0 comments to "चेपाङ महिलाहरु तरकारी खेतीमा"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts