गोरखा (प्रस), गोरखामा लामो समयदेखि गठन हुन नसकेको स्थानीय शान्ति समिति बिहिबारगठन भएको छ । शान्ति समितिको संयोजकमा चक्रिया प्रणाली अपनाउन दलहरु सहमत भएपछि शान्ति समिति गठन भएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाको सभाहलमा बिहिबार भएको भेलाबाट एकीकृत नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण धितालको संयोजकत्वमा स्थानीय शान्ति समिति गठन गरेको हो । समितिको संयोजकको पदावधी ४ महिनाको रहने र त्यस पश्चात अर्काे दलले नेतृत्व गर्ने पनि दलहरुले सहमति गरेका छन् । देशका ७४ जिल्लामा गठन भैसकेको स्थानीय शान्ति समिति गोरखामा भने दलहरु बीच कुरा नमल्दिा हालसम्म गठन हुन सकेको थिएन । नव गठित समितिमा एमाओवादी, काँग्रेस र एमालेबाट एक–एक जना, स्थानीय गैह्र सरकारी संस्थाहरु, नागरिक समाजका प्रतिनिधि तथा मानव अधिकारकर्मीहरु मध्येबाट पाँच जना, द्वन्द्व प्रभावित विभिन्न पक्षहरुको प्रतिनिधित्व हुनेगरी पाँच जना, जिल्ला स्थित उद्योग वाणिज्य संघ प्रतिनिधि एक जना, आदिवासी, दलित–जनजाति, मधेशी, तथा मुस्लिम समुदायबाट दुई जना गरी कुल १४ सदस्यीय स्थानीय शान्ति समितिको गठन गरिएको हो ।




0 comments to "लामो सयम पछि गोरखामा शान्ति समिति"