Home » » कृषि गणनाका विषयमा अन्तरक्रिया


धादिङ (प्रस), राष्ट्रिय कृषिगणना २०६८ का विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषि गणना कार्यालय धादिङको आयोजनामा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा कृषि गणनाका विषयमा छलफल गरिएको थियो । ‘छौठौ राष्ट्रिय कृषि गणना २०६८ मा राजनीतिक दलहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला कृषिगणना कार्यालय धादिङका अधिकृत डा. विष्णु मोहन भट्टराईले कृषि गणनाको महत्वको विषयमा जानकारी गराउनुभएको थियो । 

उहाँले प्रत्येक १०/१० बर्षमा सञ्चालन गरिने कृषि गणनामा यसपटक पशुहरुको समेत गणना गरिने भएकाले पनि यसपटकको गणना महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषि गणनाबाट प्राप्त सुचनाले किसानलाई राज्यले प्रदान गर्नुपर्ने कृषि सेवा सुविधा सम्बन्धी नीति निर्माण गर्न सघाउने कुरामा जोड दिनुभयो । गणनाबाट प्राप्त हुने कृषि तथा पशुपंक्षीको विवरणले कृषि तथा सहकारी मन्त्रालय एवं जिल्ल पशु विकास कार्यालयलाई कृषि उपजहरुले ओगटेको क्षेत्रफल र पशुपंक्षी सम्बन्धी डाटावेश तयार गर्न तथा विस्तृत सर्वेक्षण गर्न सघाउने छ ।  

अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार यस वर्षको राष्ट्रिय कृषि गणना २०६८ को तालिम कार्यक्रम गणक तथा सुपरिवेक्षकका लागि यही पुष २१ गते देखि पुष ३० गतेसम्म रहेको र कृषि गणनाको स्थलगत तथ्याङ्क संकलन माघको पहिलो हप्ताबाट फागुनको अन्त्यसम्म सम्पन्न हुनेछ । डा. भट्टराईले राष्ट्रिय कृषिगणना २०६८ को लागि धादिङ जिल्लामा एघार लाख बहत्तर हजार खर्च हुने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला कृषिगणना समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य र समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Tags:

0 comments to "कृषि गणनाका विषयमा अन्तरक्रिया"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts