Home » » किराञ्चोकमा वडा भेला सम्पन्न

किराञ्चोक (प्रस), नजिकिँदै गरेको गाउँ परीषदलाई मध्यनजर गर्दै मंगलबार किराञ्चोक गाउँ विकास समितिका दुईवटा वडामा वडास्तरीय भेला सम्पन्न भएको छ । आफ्नो वडामा रहेका समस्याहरुको पहिचान गरी गाउँ परिषदमा पेश गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको हो । किराञ्चोक गाउँ विकास समितिको  २ नं. वडामा भएको भेलमा वडा नागरिक मञ्चका अध्यक्ष चन्द्रबहादुर बलको अध्यक्षता र मञ्चका सदस्य तथा स्थानीय समाजसेवी एवम् बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । सो अवसरमा भएको छलफलबाट गाउँ परिषदमा पेश गर्ने गरी केहि समस्या र आवश्यकताहरु पहिचान गरिएको छ । यसअघि मंगलबार नै किराञ्चोक –१, मा पनि वडा नागरिक मञ्चका अध्यक्ष सुनिता खतिवडाको अध्यक्षता भेला सम्पन्न भएको थियो । भेलाले आफ्नो वडा भित्र रहेका समस्या र अवश्यकताहरुको पहिचान गरेको छ । सो अवसरमा किराञ्चोक गाउँ विकास समितिका कार्यलय सहायक महेश न्यौपाने र नारी जागरण केन्द्रका सामाजिक परिचालीका अम्बिका श्रेष्ठले सहभागीहरुलाई विषयबस्तु बारे प्रस्ट््याउनु भएको थियो । भेलामा सहभागीहरुले आ–आफ्नो क्षेत्रमा विद्यमान समस्याहरु र वजेटको आवश्यकताका विषयमा कुरा राखेका थिए ।

Tags:

0 comments to "किराञ्चोकमा वडा भेला सम्पन्न"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts