Home » » दोभानटारमा दुध चिस्यानकेन्द्र बन्ने


नलाङ (प्रस), नलाङ, मुरलीभञ्ज्याङ्ग र ढोला गाउँ विकास समितिका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन गरी सुरक्षित राख्न र बजारसम्म पु¥याउन सहज बनाउने उद्देश्यले तीनवटै गाविसको संगमस्थलमा रहेको दोभानटारमा दुध चिस्यान केन्द्र बन्ने भएको छ । युकेएडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन नेपाल र स्थानीय साझेदारहरु फोकस नेपाल तथा धादिङ उद्योग वाणिज्य संघको साझेदारीमा सञ्चालित ‘साना किसानका लागि बजारमा पहुँच’ दुग्ध परियोजना अन्तर्गत उत्पादिन दुधलाई संकलन गरेर सुरक्षित राख्नको लागि चिस्यान केन्द्र स्थापना गरिन लागेको हो । 

बुधबार दोभानटारमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि र दुध उत्पादक कृषक समूहका सदस्यहरुको सहभागिता रहेको भेलाले परियोजनाको ६० र स्थानीय कृषकको ४० प्रतिशत लागतमा चिस्यान केन्द्र निर्माण गर्ने निर्णय गरेको हो । भेलाले तत्कालको लागि १ हजार लिटर क्षमताको एउटा चिस्यान केन्द्र राख्ने र दुध उत्पादनमा बृद्धि भएको खण्डमा थप अर्काे चिस्यान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । किसानले उत्पादन गरेको दुधको सुरक्षा र उचित मूल्यका लागि कार्यक्रमहरु संचालन गर्न सहभागिहरु प्रतिवद्ध भएको फोकस नेपालका तर्फबाट दुग्ध परियोजना संयोजक एकराज छत्कुलीले बताउनु 
भएको छ । 

नलाङ गाउँ विकास समितिमा हालसम्म ४५ वटा उन्नत जातको गाई ल्याएर कृषकहरुले दुध उत्पादन गर्न थालेको उहाँको भनाई छ । दुध उत्पादनको लागि गाईमा लगानी गर्नुपर्ने, घाँसको व्यवस्थापन गर्नुपर्ने र संकलन केन्द्रहरुको समेत आवश्यकता पर्ने भएकाले पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अघि बढाउनु पर्ने सहभागीहरुको माग थियो । कार्यक्रम लागु भएपछि धादिङका विभिन्न गाउँ विकास समितिका कृषकहरु दुध उत्पादन तर्फ आकर्षित बन्दै गएका छन् । जसको कारण धादिङमा उत्पादन हुने दुधको परिणाममा पनि बृद्धि भएको छ । 

Tags:

0 comments to "दोभानटारमा दुध चिस्यानकेन्द्र बन्ने"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts