Home » » पोल कुहियो तर विजुली बलेन

झार्लाङ (प्रस), पोल गाडेको एक दशक वितिसक्दा पनि गाउँमा विद्युतिकरणका लागि लाइन बिस्तार नहुँदा धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने झार्लाङ र सेर्तुङ गाविसका वासिन्दाले अझै पनि विजुली बाल्न पाएका छैनन ।  नेपाल विद्युत प्राधिकरण नुवाकोट÷रसुवा शाखा मार्फत धादिङ जिल्लाको उत्तरी भेगका विकटका वस्तिहरुमा विद्युतिकरणका लागि भनेर एक दशक अघि गाडिएको पोल कुहिएर कामै नलाग्ने भईसकेको छ भने, गाउँबासी घर घरमा सोलार जडान गर्न बाध्य भएका छन । पोल गाडेको एक दशक वितिसक्दा पनि गाउँमा विजुली नआएपछि गाउँवासीले विजुलीको विकल्पको रुपमा सोलार जडान गर्नुपरेको स्थानीयबासी बताउँछन । जिल्ला सदरमुकाम धादिङबेसीवाट निकै टाढा रहेको कारण लाइन विस्तार गर्नसम्भव नभएको भन्दै नुवाकोटबाट विजुली लाइन विस्तार गर्न शुरु गरिएको विद्युतिकरण कार्यक्रम प्राधिकरणको ढिलाई र स्थानीयबासी बीचको विवादले गर्दा अलपत्र बन्न पुगेको हो । यस अघि झार्लाङ गाविससँगै रहेको जिल्लाकै दार्खा गाविसमा पनि पोल गाडेको १६ बर्ष पछि मात्र गाउँमा विजुलीलाइन विस्तार भएकाले झार्लाङ र सेर्तुङमा पनि अझै विजुली आउने आशामा गाउँवासी रहेका छन् ।

Tags:

0 comments to "पोल कुहियो तर विजुली बलेन"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts