बसेरी (प्रस), जिल्लाको बसेरी गाविसका प्रत्येक घरको भान्छालाई धुँवारहित बनाउने उद्देश्यका साथ सञ्चालन हुँदै आईरहेको ग्रामिण विकास कार्यक्रमको बार्षिक समिक्षा गरिएको छ । युनाईटेड मिसन टु नेपाल धादिङ कलष्टरको सहयोगमा परिवर्तनका लागि प्रतिबद्ध समाज ‘कोसोक नेपाल’ले संचालन गर्दै आईरहेको कार्यक्रमको उपलब्धी, कार्यक्रम संचालन गर्दा भोग्नुपरेका चुनौती र कार्यक्रमको प्रभावकारिताका बिषयमा छलफल गर्न आयोजित बार्षिक समिक्षा कार्यक्रमको अध्यक्षता लालबहादुर गुरुङले गर्नुभएको थियो । दुई दिनसम्म चलेको समिक्षा कार्यक्रममा युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टरका कृष्ण मल्ल,श्याम ओझा, कोसोक नेपालका महासचिव कृष्ण अधिकारी, सचिव राममणी थपलिया, सामाजिक परिचालक मंगल सुनार लगायतले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी कार्यक्रमको उपलब्धीका बारेमा ग्रामिण विकास कार्यक्रमका बसेरी गाविस स्तरिय समिति संयोजक नारायण कार्कीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रम संचालन भएपछि बसेरी गाविसमा ७ सय ४५ वटा सुधारिएको चुलो निर्माण भएका छन् भने, ४० वटा गोबरग्याँस प्लान्टको निर्माण गरिएको छ । यसैगरि ७३ वटा शौचालयको निर्माण र पहिरो रोकथामका लागि बृक्षारोपण गरिनुका साथै विद्यालयहरुमा बाल क्लव गठन गरी जनचेतनामुलक कार्यक्रमहरु संचालन हुंदै आईरहेको बताईएको छ ।




0 comments to "ग्रामिण विकास कार्यक्रमको बार्षिक समिक्षा"