Home » » कागज उद्योग सञ्चालनमा समस्या

(प्रत्यूष सम्बाददाता) आरुघाट, नेपाली कागजको प्रयोग हराउंदै गए संगै नेपाली कागज उद्योग पनि संकटमा पर्न थालेको छ । सरकारी कामकाजका लागि अनिवार्य रुपमा प्रयोग हुने गरेको नेपाली कागज उत्पादनका लागि आवश्यक कच्चा पदार्थ लोक्ता र आवश्यक जनशक्तिको अभाव बढ्दै जानथालेपछि नेपाली कागज उद्योग संकटमा पर्न थालेको हो । धादिङको सल्यानटार –१, आरुघाटमा सञ्चालनमा रहेको जिल्लाकै एकमात्र र पुरानो नेपाली कागज उद्योगले आवश्यक कच्चापदार्थको अभावका कारण पहिलेको तुलनामा उत्पादन कम हुन थालेको उद्योग सञ्चालकले बताएका छन् । 

मनास्लु नेपाली कागज उद्योगको नामबाट सञ्चालित नेपाली कागज उद्योगका लागि चाहिने कच्चा पदार्थ (लोक्ता) उच्च हिमाली भेगमा मात्र पाइने र संरक्षणको अभावले गर्दा केही बर्षयता हिमाली भेगमा लोक्ताको उत्पादनमा कमी आउन थालेपछि उद्योग नै प्रभावित हुन पुगेको मनास्लु नेपाली कागज उद्योगका सञ्चालक सानुकाजी श्रेष्ठले बताउनुभयो । कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ संगै दक्ष जनशक्तिको पनि अभाव हुन थालेको सञ्चालक श्रेष्ठले बताउनुभयो । बर्षौदेखि नियमित रुपमा नेपाली कागज उत्पादन गर्दै आइरहेको मनास्लु नेपाली कागज उद्योगले देशका मुख्य शहरहरुका अतिरिक्त विदेशमा पनि निर्यात हुने गरेको छ । 

आफ्नो उत्पादन गुणस्तरको भएकै कारण देशका विभिन्न मुख्य शहरहरु काठमाण्डौ, पोखरा, चितवन, गोरखा, पाल्पा, भैरहवा, बुटवल लगायत अन्य स्थान र जापानमा समेत सहजै रुपमा विक्री वितरण गर्दै आएको सञ्चालक श्रेष्ठले बताउनुभयो । तर, पछिल्ला दिनमा कच्चा पदार्थमा आएको कमी र जनशक्तिको अभावमा आफुले माग भएजति उत्पादन दिन नसकेको सञ्चालक सानुकाजी श्रेष्ठले बताउनुभयो । आवश्यक कच्चा पदार्थ लोक्तालाई धेरैपटक प्रशोधन गरी नेपाली कागज बनाउन निकै समय र खर्च लाग्ने हुंदा अहिले उत्पादन कम हुन थालेको श्रेष्ठले बताउनुभयो । लोक्ताको अभाव बढ्दै जानथालेपछि यसको संरक्षणको लागि आफुले स्थानीय सामुदायिक वन संग परामर्श शुरु गरेको र वन समूहका प्रतिनिधिले यसलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । हिमाली भेगमा मात्र उत्पादन हुने लोक्ता संरक्षण भएको खण्डमा आफुले चाहेजति उत्पादन दिन सक्ने सञ्चालक श्रेष्ठले दावी गर्नुभयो ।

मनास्लु कागज उद्योगको उत्पादन नेपाली कागज कम्प्युटरमा प्रिन्ट गर्न मिल्ने किसिमको भएको कारण पनि कागजको माग बढ्न थालेको छ । अन्य उद्योगको तुलनामा यसरी प्रिन्ट पेपर छाप्न मिल्ने उत्पादनको लागि जनशक्ति र कच्चा पदार्थ पनि बढि खर्च हुने गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो । जिल्लाकै पुरानो र एकमात्र नेपाली कागज उद्योगको रुपमा रहेको मनास्लु कागज उद्योग संरक्षणमा आफुले निकै कोशिस गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । तर, अहिले बढ्दै गएको आधुनिकीकरण संगै कागज उद्योग पनि आधुनिकीकरण गर्ने योजना उहाँले लिनुभएको छ ।

Tags:

0 comments to "कागज उद्योग सञ्चालनमा समस्या"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts