Home » » जडिबुटी खेतीलाई प्रोत्साहन गर्नुपर्छ : नेपाल


प्रत्यूष सम्बाददाता, धादिङ/ जडिबुटी खेतीलाई विस्तार गरी आयआर्जन बढाउने कार्यमा किसानहरु लाग्नुपर्ने धादिङका स्थानीय विकास अधिकारी शंकर नेपाले बताउनुभएको छ । सुनौलाबजार गाउँ विकास समितिको तल्लोबेसीमा बुधवारदेखि शुरु भएको ३ महिने प्राविधिक तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी नेपालले सो बताउनुभएको हो । उज्यालो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुनौलाबजारको आयोजना र शुभेच्छा नेपाल प्रा.लिको सहकार्यमा सुरु भएको तालिमको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गर्दै स्थानीय विकास अधिकारी नेपालले जडिबुटी खेतीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

उहाँले आय आर्जनको लागि विदेश जानुपर्छ भन्ने गलत मान्यतालाई टोड्दै गाउँमै आयआर्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहारण यस तालिमबाट प्राप्त हुने बताउनुभयो । साथै उहाँले तालिमपछि यसलाई व्यवहारमा उतार्न तालिमका सहभागिहरुलाई आग्रह पनि गर्नुभएको छ । तालिमको उपलब्धी तालिम पछिको चरणमा देखिने भएकाले तालिममा सिकेका कुराहरुलाई प्रयोगमा ल्याउनुपर्ने नेपालको भनाई थियो । साथै उहाँले  तालिम पछि जडिबुटी खेती गरेर नमुना कृषक बन्न आग्रह गर्दै अन्य स्थानका किसानहरुको लागि प्रेरणाको श्रोत बन्न सुझाव पनि दिनुभयो । नेपालमा धेरै सम्भावनाहरु रहेको बताउँदै स्थानीय विकास अधिकारी नेपालले सम्भावनाहरुलाई अवसरका रुपमा लिएर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रत्युष दैनिकका सम्पादक रमेश अधिकारीले सम्बोधन गर्दै जडिबुटि खेतीलाई विस्तार गर्दै समाजमा उदाहारणीय बनेर देखाउन सहकारी संस्थालाई सल्लाह दिनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–सचिव विजय बुर्लाकोटीको विशेष आतिथ्य रहेको थियो । 

रोजगारीको लागि सीप’ परीयोजना अन्तर्गत प्राविधिक तथा व्यावसायिक तालिम परीषदको आर्थिक सहयोगमा शुरु भएको ३ महिने तालिममा सहभागी कृषकहरुलाई कृषि तथा जडिबुटी खेती सम्बन्धी प्राविधिक विषयमा जानकारी दिइने आयोजक संस्थाले जनाएको छ । तालिमको पहिलो दिन बुधवार सहभागी कृषकहरुलाई संस्थाका उपाध्यक्ष दिपक विश्वकर्माले विषयबस्तु माथि प्रकाश पार्नु भएको थियो । तालिम आगामी चैत महिनासम्म सञ्चालन हुने संस्थाका अध्यक्ष विष्णु कोइरालाले बताउनुभयो ।

Tags:

0 comments to "जडिबुटी खेतीलाई प्रोत्साहन गर्नुपर्छ : नेपाल"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Blog Archive

Followers

Popular Posts