धुवाँकोट (प्रस), गाविस सचिवलाई कालोमुसो दलेको विरोधमा विहिवार धादिङको धुवाँकोट गाउँ विकास समिति कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । बुधवार धुवाँकोटमा आयोजित सार्वजनिक सुनुवाई पश्चात धुवाँकोट स्वास्थ्यचौकीका अहेव कमलकुमार अधिकारीले गाविस सचिव प्रेमबहादुर केसिलाई कालोमुसो दलेपछि त्यसको विरोधमा विहिवार गाविस कार्यालयको कामकाज ठप्प पारिएको हो । हात मिलाउने बहानामा सचिवलाई कालोमुसो दलेर फरार रहेका अधिकारीको खोजी भइरहेको छ । यसैबीच शुक्रवारदेखि भने गाविस कार्यालयको कामकाज सुचारु गरिने भएको छ । घटना राजनीतिक कारणले नभई आन्तरिक रिसिइविका कारण भएको भन्दै स्थानीय राजनीतिक दलहरु र गाविस सचिवले भोलीदेखि कामकाज सुचारु गरिने बताएका छन् । विहिवार भएको सर्वपक्षिय छलफल पश्चात एक विज्ञप्ति जारी गरी शुक्रवारदेखि कामकाज सुचारु गर्ने जनाइएको हो । विज्ञप्तिमा घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।




0 comments to "धुवाँकोट गविसमा एकदिन कामकाज ठप्प"