Home » » सहयोगको प्रतिक्षामा नविन


भुमेस्थान (प्रस), धादिङ जिल्लाको भुमेस्थान गाविस वडा नम्बर ४ का १९ बर्षीय नविन मल्ललाई रगतमा क्यान्सरको समस्या देखिएपछि आर्थिक अभावका कारण उहाँको उपचारमा समस्या भएको छ । स्थानीय राजकुमार मल्लका छोरा नविन भुमेस्थानकै महाकाली उमावि सिम्लेको कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । एक्कासी विरामी भएपछि मंसिर २४ गते विर– अस्पताल लगेर स्वास्थ्य परिक्षण गर्दा नविनको रगतमा समस्या भएको पत्ता लागेपछि विर अस्पतालका चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) बुद्धनगरमा गएर रगत परिक्षण गर्दा मल्लको रगतमा क्यान्सरको लक्षण भएको पत्ता लागेको  उहाँका आफन्तहरुले बताएका छन ।

ह्याम्सका प्रोफेसर डाक्टर गीता सायमीले मल्ललाई रगतमा क्यान्सरको लक्षण देखापरेको प्रमाणित गर्दै तत्काल उपचार गर्न सिफारिश गर्नुभएको छ । डाक्टर सायमीको सिफारिशलाई आधार मान्दै जिल्ला स्वास्थ्य कार्यालय धादिङले पनि मल्लको उपचारका लागि सहयोग गरिदिन सिफारिश गरेको भएपनि उपचारका लागि चाहिने रकम जुटाउन नसक्दा उहाँको उपचार प्रभावित हुन थालेको मल्लका आफन्त बिदुर लामिछानेले वताउनुभयो । विरामी परेका नविनले पनि सहयोगी दाताहरु भेटिए बाँचेर समाजका लागि केहि गर्ने आफ्नो रहर भएको बताउनुहुन्छ । आफ्नो परिवारको आर्थिक स्थिति निकै कमजोर रहेको भन्दै मल्लले सहयोगका लागि याचना समेत गर्नु भएको छ ।

अस्पतालले तत्काल अप्रेशन गरेर उपचार गर्नुपर्ने वताएपछि मल्ल परिवारलाई छोराको जीवन बचाउन नसक्ने हो की ! भन्ने चिन्ता परेको स्थानीय शिवकुमार शाहीले वताउनुभयो । उपचारका लागि चाहिने रकम जुटाउन नसक्दा १९ बर्षीय किशोरको जीवन नै संकटमा परेकोले सहयोगी दाताहरु भेटिए नविनलाई बचाउन सकिने शाहीले बताउनुभयो । खानपान तथा अन्य कारणले पछिल्लो समयमा क्यान्सर, मुटुरोग, मृगौला जस्ता विभिन्न समस्या देखिएर विरामी हुनेहरुको संख्या बढ्दै गईरहेको भए पनि विरामीको उपचारका लागि चाहिने न्युनतम रकम जुटाउन नसक्दा विरामी र तिनका परिवारले मानसिक तथा आर्थिक तनाब झेल्न बाध्य हुँदै आईरहेका छन ।

Tags:

0 comments to "सहयोगको प्रतिक्षामा नविन"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts