Home » » सहमति पछि बन्द फिर्ता


धादिङबेसी (प्रस), सरकारले एक साताभित्र माग पूरा गरिदिने आश्वासन दिएपछि पूर्व लडाकुहरूले गरेका नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा विहिवार भएको वार्तामा सरकारले बहिर्गमनमा परेका पूर्व लडाकुहरूको मागका सम्बन्धमा अध्ययन गर्न एक हप्ताको समय मागेको छ । बुधवारको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री सत्या पहाडीले र पूर्व लडाकुहरूका तर्फबाट बहिर्गमित लडाकु सङ्घर्ष समितिका संयोजक सागर लिम्बुले नेतृत्व गर्नुभएको थियो । सरकारले आफ्ना मागहरूलाई अध्ययन गरी एक सातापछि फेरि अर्को वार्ता गर्न सहमति जनाएको संयोजक लिम्बुले बताउनुभयो । अनमिनले आफूहरुलाई अयोग्यताको विल्ला लगाएर अपमान गरेको आरोप लगाउँदै पूर्व लडाकुहरुले अयोग्यको विल्ला फिर्ता लिनुपर्ने, दीर्घकालिन व्यवस्थापनसहितको प्याकेज बनाउनु पर्ने लगायतका माग राख्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका थिए । यसअघि बन्दका कारण धादिङ सहित देशभरको जनजिवन प्रभावित भएको थियो । धादिङबाट विभिन्न स्थानकालागि छुट्ने छोटो तथा लामोदुरीका सवारी साधन चलेका थिएनन् भने वजार तथा शैक्षिक संस्था समेत ठप्प रहेका थिए । यसैबीच जिल्ला प्रहरी कार्यालय धादिङले विहिवार धादिङबेसीबाट पक्राउ गरेका दुईजना बन्दकर्तालाई रिहा गरेको छ । बन्द फिर्ता भएसंगै उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला सदरमुकाम स्थित बीच बजारबाट बिहिबार दिउँसो प्रहरीले बहिर्गमित जनमुक्तिसेना नेपालका केन्द्रीय सदस्य शन्दिप रायमाझी र जिल्ला संयोजक रवि अधिकारीलाई नियन्त्रणमा लिएको थियो । बन्द खुलेसंगै देशभरको जनजीवन सामान्य बनेको छ । सरकारले एक सातासम्म पनि माग सम्बोधन नगरेमा थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने संगठनका जिल्ला सह–संयोजक दिपेन्द्र सिलवालले बताउनुभयो । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएकाले आफूहरुले बन्दको कार्यक्रमहरु स्थगित गरको धादिङमा आन्दोलनको नेतृत्व गर्नुभएका शन्तोष जिसिको भनाई छ ।

Tags:

0 comments to "सहमति पछि बन्द फिर्ता"

Leave a comment

Nepali News Portal

Connect With Us

Texts

Text Widget

Instructions

Definition List

Download

नेपाली पात्रो

Blogger Tricks

Blogger Themes

Play Station

यदि तपाईले यहाँ देखिएको मध्ये कुनैपनि ब्लगको अवलोकन गर्न चाहनुभयो भने त्यसमा Click गर्न सक्नुहुन्छ ।

तपाईले आजको प्रत्यूष दैनिक पढ्नुभयो ?

;F_s_M
अवलोकन गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई धन्यावाद । यदि तपाई पनि यो ब्लग नियमित हेर्नुहुन्छ भने तपाईको फोटो pratyushdainik@gmail.com मा पठाउनु होला । हामी तपाईको फोटो स–धन्यावाद यहाँ राख्ने छौँ ।

Recomended

Followers

Popular Posts